
आगामी आश्विन २७ गते तदनुसार १४ अक्टोबर २०२३का दिन अमेरिकी अन्तरिक्ष संस्था नासाले सुर्य ग्रहणको प्रभाव अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ।
आश्विन २७ गते लाग्ने सूर्य ग्रहण विशेष गरि पश्चिमा देशहरुबाट देखिने छ । ग्रहणको समयमा एक्कासी हुने प्रकाशको कमिका कारण पृथ्वीको वायुमंडलमा पर्ने प्रभावको विशेष अध्ययन गर्ने कार्यको लागि ‘साउन्डीग रकेट मिसन’ नाम दिइएको यो मिसनमा जम्मा तिन वटा यान प्रक्षेपण हुनेछ र ठिक ग्रहणको समयमा बायुमंडलको त्यो भाग जसमा सुर्यका किरणसंगै आउने अल्ट्रा भाइलेट विकिरणका इलेक्ट्रोनको परमाणु टुक्रिने गर्छ मा पुगी अध्ययन गर्नेछ।
मिसनको प्रमुख भारतीय मूलका बैज्ञानिक आरोह बडत्याज्य रहेका छन् ।
कमेन्ट गर्नुहोस्







