बागमती प्रदेशको प्रदेश सञ्चार माध्यमसम्बन्धी विधेयक पारित

Share:

काठमाडौँ। बागमती प्रदेश सभाले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।

प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश मामिला समितिको प्रतिवेदनसहित विधेयक पेस गर्नुभएको थियो । यसअघि समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले आइतबार प्रदेश सभा बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा तयार प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा पेस गर्नुभएको थियो भनि बागमतीखबर ले लेखेको छ ।

 

कमेन्ट गर्नुहोस्