
काठमाडौँ । यसअघि असोज १ गते न्यायाधीश अभावका कारण स्थगित भएको क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ।
आज पनि जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज मुद्दा पेशीमा नचढी स्थगित भएको हो।
काठमाडौं जिल्ला अदालतबाट न्यायाधीशहरू सरूवा भएर अन्यत्र गएको र काठमाडौं सरूवा भएका न्यायाधीशहरू अझै काममा नआइसकेकाले मुद्दाहरूको सुनुवाइ स्थगित भएको हो। गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले बताएका छन् ।
कमेन्ट गर्नुहोस्







