क्रिकेट संघको अध्यक्षमा चन्द र पारस सचिवमा निर्वाचित

Share:

क्रिकेट संघको शनिबार बानेश्वरमा सम्पन्न निर्वाचनमा अध्यक्ष सहित उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । सचिव पद को लागि भएको निर्वाचनमा भने कार्यवाहक पूर्वसचिव तथा पुर्व राष्ट्रिय खेलाडी प्रशान्तविक्रम मल्ललाई हराउँदै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का सचिवमा निर्वाचित भएका छन्। बिजयी पारसले ४८ मत ल्याएका थिए भने प्रतिद्वन्दी मल्लले ३७ मत पाएका थिए।

निर्वाचित पदाधिकारीहरु

अध्यक्ष – चतुरबहादुर चन्द

उपाध्यक्ष – रोशनबहादुर सिंह

कोषाध्यक्ष  – पदम खड्का

सचिव – पारस खड्सका

सदस्य

धीरेन्द्र साउद

दुर्गाराज पाठक

आयुस श्रेष्ठ

वीरेन्द्र चन्द

करन महत्रा  (महत्रा र ऋषिराम गौतमको समान मत आएपछि गोलाप्रथाबाट विजेता चुनिएको)

महिला सदस्य –  जयन्ती देवी भट्ट (दार्चुला)

कोसी प्रदेश सदस्य – अर्जुन पौडेल

मधेश – माधव कर्माचार्य (मोहम्मद अन्सारीसँग समान ४२ मत नै प्राप्त गरेपछि गोलाप्रथाको अधारमा विजयी)

बाग्मती – दिवाकर घले

गण्डकी – सुदीप शर्मा

लुम्बिनी – प्रदीप मजगैंया

सुदूरपश्चिम – विक्रम विष्ट

कर्णाली – श्रीधर केसी

कमेन्ट गर्नुहोस्