
काठमाडाैं । प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्।
आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गरेका हुन्। उनलाई बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हेका छन्। भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते नेपाल फर्किनेछन्।
कमेन्ट गर्नुहोस्







