काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर १६ का वडा-अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) भएका कारण अस्पताल भर्ना गरि सघन उपचार कक्षमा उपचाररत थिए ।
आज बिहान ७ः३० बजे निधन भएका रिजाल गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । रिजाल कांग्रेस काठमाडौं- ७ का क्षेत्रीय सभापति समेत हुन् । श्रीमती र दुई छोरा रहेका रिजालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।