
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय रहेको छ ।
बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद् मा पठाउने बताइएको छ । साथै प्रधानमन्त्रीको संयुक्त राज्य अमेरिका र चिन भ्रमणका सम्बन्धमा तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।
कमेन्ट गर्नुहोस्







