आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी

Share:

काठमाडौँ । अनेकौ बहानामा पटक पटक स्थगित हुदै आएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको काठमाडौँ जिल्ला अदालतमा न्यायाधिश शकुन्तला कार्कीको इजलासमा आज पेशी रहेको छ ।  गत भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा रहेको मुद्दाको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

मुद्दाको छिनोफानो नभएकै अवस्थामा सन्दीपले पाकिस्तान र श्रीलंका पुगेर क्रिकेटको एसिया कपका खेलहरु खेली नेपाल फिर्ता भइसकेका छन् ।
१७ वर्षकी भनिएकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
कमेन्ट गर्नुहोस्