
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते यादवलाई वीर अस्पताल पुर्याइएको छ । यादवमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्राेतका अनुसार पक्राउ पर्ने मा नुवाकाेट स्थाई घर भएका श्याम सापकाेटा छन् । खुकुरी प्रहार के कारणले भयाे भन्नेबारे खुलिनसकेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्







