
काठमाडौं । काठमाडौं–मुग्लिन सडक अन्तगर्तको चितवन जिल्लामा पर्ने नाग्दी खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । उक्त स्थान मुग्लिन नजिकै ईच्छाकामना गाउँपालिका वडा नं ५ मा पर्दछ ।
अविरल परिरहेको झरीका कारण शुक्रबार साँझ करिव ७ बजे नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार राजधानी भित्रिने र बाहिरिने मुख्य राजमार्ग समेत भएकोले हाल सडकमा कयौं सवारीहरु रोकिएको अवस्थामा रहेका छन् भने सर्वसाधारणको सुविधाको लागी यथाशिघ्र पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरिसकिएको छ ।
हजारौ सवारीसाधन आवतजावत गर्ने यो सडक वर्षायाममा पहिरोको चपेटामा पर्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्







