
काठमाडौं । ललितानिवास प्रकरण सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सम्पन्न गरि मुद्दा दर्ता गर्न सरकारी वकिलको कार्यालय बुझाएको प्रतिबेदनको आधारमा सरकारी वकीलको कार्यालय काठमाडौंले आज (आइतबार) अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा पटक पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष निकालेको सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन २ सय ८६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित सिफारिस गरेको थियो ।
प्रहरीको प्रतिवेदनमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेतलाई प्रतिवादी बनाएको सीआइवीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग भने सामान्य बयान मात्रै लिएर उन्मुक्ति दिएको आरोप छ ।







