
काठमाडौँ । ललितपुर जिल्ला अन्तर्गतको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन जम्बो टोली साथ लिई विदेश भ्रमण मा निस्किएका छन् । नगरको वडा नं ५ स्थित महादेव खोलामा खानेपानी ड्याम निमार्णका लागि अध्ययन भ्रमण गर्न बनेको टोलीमा प्रशासकीय अधिकृत प्रवीण कोइरला, इन्जिनियरहरु सिताराम कार्की, सुनिल श्रेष्ठ र अनिता बोहरा रहेका छन् ।
वाटर एड नामक एक गैरसरकारी संस्थाको खर्चमा ८ दिने पश्चिमा राष्ट्र स्विडेन भ्रमण गएको टोली फर्किदा भने एशियाली राष्ट्र जापान समेतको भ्रमणको तलिका रहेको स्वयं उपप्रमुख मुना अधिकारीले जानकारी दिनुभएको छ ।
नगरपालिकाका कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ‘प्रमुख र प्रशासकीय अधिकृत नहुँदा चाडै टेण्डर लगाउन पर्ने कयौ योजनाहरुमा बाधा पुगेको छ भने कयौ सेवाग्राहीका कार्यहरुमा असर पुगेको ले सेवाग्राहीका अनुचित कुराहरु समेत सुन्नुपरेको छ’ ।
यो बारेमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी आश्विन कुमार पोखरेल संग जिज्ञासा राख्दा मेयर महर्जन र प्रमुख प्रशासकीय अधिकृत कोइराला श्रावण ३१ गतेदेखि भदौं ८ गतेसम्म विदा स्वीकृत गरेर भ्रमणमा गएको बताएका छन् ।







