
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सयमा ९३ जना मानिसले मान्ने वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्रीले रमिता हेरेर बसेको टिप्पणी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले धरानमा गोरु काटेर खाएको प्रसंगमा नेपालको कूल जनसंख्याको ९३ प्रतिशतभन्दा बढिले माता मानेको गाई काटेर खानु विडम्बना भएको बताएका हुन् ।
धरानमा गोरु काटेर खानेहरुलाई सरकारले कारबाही गर्नुपर्ने उनको माग छ ।
कमेन्ट गर्नुहोस्