कोशीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनवाइ हुँदै

Share:

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै दायर गरेको रिटमा आज सुनवाई हुँदैछ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएकाे भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न माग गरेर एमालेले दायर गरेकाे रिटमा आज सुनुवाइ हुन लागेको हो ।

कोशी सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्च्वाेच्च अदालतले आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएकाे एमालेकाे जिकिर छ। यसरी प्राप्त गरेको विश्वासको मत गैर संवैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो ।

यसअघि पनि सभामुखको मतसमेत जोडर थापा मुख्यमन्त्री भए पछि एमाले सर्वोच्च पुगेको थियो। सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्