
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
मङ्गलबार अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जनाउनु भएको छ ।
श्रेष्ठलाई सोमबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो भने संवैधानिक परिषद्को सिफारिसमा सोमबार नै राष्ट्रपति पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्







