ललिता निवास जग्गा प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन, पुर्व मन्त्री सहित करिब दुइ सय पचास आरोपित

Share:

काठमाडौँ । बहु प्रतिक्षित ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान सम्पन्न गरि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ ।

सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरूसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह लगायतको बयान लिएको थियो ।

असार १२ गते भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलगायत २३ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । तीमध्ये ५ जना अदालतको आदेशले रिहा भए भने १८ जना हिरासतमा छन् ।

यो प्रकरणमा अख्तियार अनुसन्धान आयोगले पहिला दायर गरेको मुद्धा उपरको फैसलामा चित्त नबुझी बिशेष अदालतमा पुनरावलोकन को निमित्त दायर गरेको मुद्धा विचाराधीन अवस्था मा रहेको छ ।

कमेन्ट गर्नुहोस्