
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न आज दिउसो शितल निवास पुगेका छन् ।
भेटको अवसरमा एमालेले सदनमा जारी राखेको अवरोध को बिषयमा रास्ट्रपतिले चासो राखेको तथा देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ । राष्ट्रपतिले लामो समयसम्म संसद अवरोध हुँदा सार्वभौमि संसदप्रति नै जनतामा वितृष्णा पैदा हुने भन्दै अवरोध हटाउन आग्रह गरेको जानकारी श्रोतले दिएको छ ।
राष्ट्रपतिले यसअघि प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेटिसकेका छन् ।
कमेन्ट गर्नुहोस्







