
काठमाडौं । प्रमुख प्रतीपक्षी दल नेकपा एमालेले गरिरहेको सदन अवरोध हटाउन सत्ता गठबन्धनले संवाद गर्ने भएको छ । सत्तापक्षका समुहको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा संसद्को गतिरोध अन्त्यका लागि एमालेसँग संवाद गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।
कमेन्ट गर्नुहोस्







