उच्च चिनियाँ सैनिक पदाधिकारीको टोली नेपाल भ्रमणमा आउदै

Share:

काठमाडौँ । उत्तरी छिमेकि मित्र राष्ट्र चीनबाट उच्च सैनिक तहको टोली आज नेपाल आउने भएको छ । चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमान्डर उपरथी यु टोली सहित काठमाडौँ आउने भएका छन् हुन् ।

नेपालसँग सीमा जोडिएको तिब्बत मामिला हेर्ने  उच्च तहका सैनिक अधिकारी कोभिडपछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो । नेपाल भ्रमणमा आउन लागेका ‘यु’ सहितको सैनिक टोली आफ्नो भ्रमणको दौरान नेपाली सेनाको शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेज अवलोकन गर्ने छ भने प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्