काठमाडौं । प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ नेपाल लाइफ इन्स्योरेन्सले आज बाँडफाँटको तयारीमा रहेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आज साँझ ५ः३० बजे बाँडफाँट हुने बताएको छ ।
आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जसमा ९ लाख ६० हजारले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सेयर निष्काशन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।