बढ्यो पेट्रोल र डिजेलको मूल्य

Share:

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले मूल्य बढाएको हो ।

विभिन्न ठाउँलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको मूल्य तोक्दै आएको निगमले तराई क्षेत्रमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य एक सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ । दोस्रो वर्गअन्तर्गतको सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ७७ रुपैयाँ र डिजेल तथा मट्टीतेलको एक सय ६६ रुपैयाँ तोकेको छ । काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको एक सय ६७ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन रुपैयाँ ८५ पैसा र ११ रुपैयाँ २५ पैसा मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाइएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्