
काठमाडौं । लामो समयदेखी विवादित रहेको बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा विवादित बनेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईसंग नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले बयान लिने भएको छ । हाल सम्म प्रहरीले नछोएका उच्च राजनैतिक व्यक्तित्वहरु माथी अनुसन्धान गर्न अदालतले आदेश दिएपछी बयान लिने तयारी गरिएको हो ।
पूर्व प्रधानमन्त्रिद्वयलाई संगठित अपराध निवारण ऐन २०७० र मुलुकी ऐन २०२० को किर्ते सम्बन्धि महल अन्तर्गत बयान लिने तयारी सिआईबीले गरेको थाहा भएको छ ।
गत असार १२ गते ललिता निवास जग्गा प्रकरणका केही आरोपितहरुलाई हिरासतमा लिई अनुसन्धान बढाएको सिआईबीले निर्णयकर्ताहरु उपर केही नगरी बसेकोमा श्रावण २१ गते सर्वोच्च अदालतले अनुसन्धानमाथी प्रश्न उठाई निर्णयकर्ताहरु उपर पनि अनुसन्धान गर्न आदेश दिए पश्चात मात्र अनुसन्धान शुरु गरिनु र प्रहरीले प्रयोग गर्न खोजेको संगठित अपराधको ऐन अनुसार अधिकतम ६० दिन भित्र मुद्दा दायर गरिसक्नुपर्ने कानुन अनुसार भाद्रको पहिलो हप्ता तिर मुद्दा दायर गरिसक्नुपर्ने भएकोले उच्च राजनैतिक व्यक्तीहरु उपर करिब १ हप्ता को समय बाँकी रहदाको छोटो समयको अनुसन्धान नाम मात्रको हुने शंका भने उब्जिएको छ ।







