
काठमाडौं । नेकपा एमालेले प्रदेश अधिवेशन गर्ने भएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेश सहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ ।
सचिवालयले जानकारी गराएअनुसार मधेश प्रदेशमा असोज ५ र ६ गते, वाग्मती प्रदेशमा असोज ८ र ९ गते‚ कर्णाली प्रदेशमा असोज १० र ११ गते, कोशी प्रदेशमा असोज १२ र १३ गते, गण्डकी प्रदेशमा असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गतेका लागि अधिवेशन तोकिएको छ ।
प्रदेश अधिवेशनका लागि प्रतिनिधि भने पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने योजना रहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्







