विशेष पत्रकार सम्मेलन गर्दै एमाले, संसद् गतिरोध समेतका बारे धारणा राख्ने

Share:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पछिल्लो राजनीतिक अवस्थाबारे विशेष पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएको छ।

आज (आइतबार) मध्याह्न १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमालेका प्रचार विभागले जानकारी दिएको छ। सम्मेलनमा अध्यक्ष के.पी. शर्मा ओली स्वयं उपस्थित हुने र बिकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको अधिकारिक  धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।

विमानस्थल भन्सार अगाडिबाट समातिएको सुन प्रकरणमा उच्चस्तरीय समिति बनाएर छानबिन गर्न माग गर्दै संसद् अवरूद्ध गर्दै आएको एमालेको अवरोधका कारण गत श्रावण १० गतदेखि संसद् कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा उठेका प्रश्नको जवाफ दिएपनि जवाफबाट सन्तुष्ट नभई उच्चस्तरीय छानबिन समितिकै अडानमा एमाले रहेको छ।

कमेन्ट गर्नुहोस्