सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायी प्रहरीकाे नियन्त्रणमा

Share:

काठमाडौं । ललितपुर  जिल्लाको जावलाखेलमा रहेको सिंचाइ विभागमा निर्माणको रकम भुक्तानी माग्दै तालाबन्दीनै गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालका अनुसार तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको हो । ‘एक बजेसम्म धर्नाको कार्यक्रम थियो, तालाबन्दी गरिसकेर धर्नामा बसिरहेका बेला प्रहरीले धरपकड गर्यो,’ उनले बताए ।

बक्यौता रकमको भुक्भुतानी हुनुपर्ने, आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखेर निर्माण व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा छन् ।
कमेन्ट गर्नुहोस्