पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिनियाहरु माथि अज्ञात समुहबाट हमला

Share:

काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिनिया प्राबिधिकहरु सम्मिलित टोली माथि अज्ञात सशस्त्र समुहले हमला गरेको छ । घटनाको हाल सम्म कुनै समुहले जिम्मेवारी लिएको छैन भने क्षतीको विवरण आइनसेको बताइएको छ ।

पाकिस्तानी खबर संस्था ‘द बलुचिस्तान पोस्ट’का अनुसार बन्दरगाह शहर ग्वादरमा दुइ घण्टा भन्दा बढी समय सम्म बिस्फोट र गोलाबारीको आवाज सुनिएको थियो । सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारले ऐहतियातन क्षेत्रमा यातायात निषेध गरि आवतजावत बन्द गराएको छ ।

यो आतंकि हमला पाकिस्तान को बलुचिस्तान स्थित ग्वादरको फकिर कोलोनी नजिक भएको थियो । सरकारी अधिकारीहरुले सो घटनाको पुस्टि गर्दै हमला बिहान को करिब ९.३० बजे शुरु भएको र करिब दुइ घण्टा चलेको बताइएको छ ।

अघिल्लो बर्षपनि कराची विश्वबिध्यालयमा चिनिया पक्षले निर्माण गरेको कन्फयुशियस संस्थानका कर्मचारी बोकेको एक मिनिबस माथि बुर्खाधारी बलुच आत्मघाती हमालावरले गरेको हमलामा तिन चिनिया नागरिक (शिक्षक) समेत चार जनाको मृत्यु भएको थियो । सो को जिम्मेवारी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले लिएको थियो जुन हमला चिनिया बिरुद्धको ठुलो हमला मानिएको थियो ।

 

कमेन्ट गर्नुहोस्