
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको छ ।
ब्युरोले असार १२ मा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका ४ जनालाई पक्राउ गरेको थियो ।
सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या २० पुगेको छ । उनीहरूलाई प्रहरीले ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्