नेप्सेमा आज छायो हरियाली

Share:

काठमाडौं । आज सेयर बजारमा लामो समयको आशपछि नेप्सेमा हरियाली छाएको छ। सेयर बजार मापक नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ को विन्दुमा उक्लिएको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.४८ अंकले बढेर ३९३.०५ को विन्दुमा पुगेको छ। सवा ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने १ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका ५० लाख १० हजार ७१६ कित्ता सेयर एक अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँमा कारोबार भएका छन्।

आज व्यापार समूह सर्वाधिक ३.६२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ३.५० अंकले बढ्दा बैंकिङ समूहमा ०.९६ प्रतिशत, विकास बैंक समूहमा २.५१ प्रतिशत, वित्त समूहमा ३.३८ प्रतिशत, जलविद्युत समूहमा २.८८ प्रतिशत, लगानी समूहमा १.७३ प्रतिशत, जीवन बीमा समूहमा ३.१५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५४ प्रतिशत, लघुवित्त समूहमा १.४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.९६ प्रतिशत र अन्य समूहमा २.९६ प्रतिशतको बढोत्तरी भएको छ।

आज, आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक १५ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यसैगरी, शिवम सिमेन्टको ८ करोड ४७ लाख रुपैयाँ, रिपब्लिक मिडियाको ७ करोड ५५ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ३८ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड ३४ लाख रुपैयाँ, अपर तामाकोशीको ४ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४२ लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ४१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४९ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावरको ३ करोड ३८ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

कमेन्ट गर्नुहोस्