
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी भैरहेको समयमा नै उपराष्ट्रपति रामसहाय यादव चीन भ्रमणमा जाने सम्भावना रहेको खबर छ । श्रोतका अनुसार उपराष्ट्रपति कार्यालयले प्रधानमन्त्री प्रचण्डको भ्रमण भन्दा पहिले जाने गरी तयारी शुरु गरेको बताइएको छ ।
श्रावण ३१ गते बाट शुभारम्भ हुने कार्यक्रम रहेको ‘चाइना–साउथ एसिया एक्सपो’ को अतिथि भएर चीन भ्रमणमा जाने भएका उपराष्ट्रपति श्रावण २९ गते काठमाडौँ बाट प्रस्थान गर्ने योजना रहेको बताइएको भएतापनि मन्त्रिपरिषद् बाट आधिकारिक निर्णय भने आउन बाँकी रहेको छ ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले उपराष्ट्रपति यादवलाई चीन भ्रमण गराउन केहि समय अघि निमन्त्रणा दिएका थिए ।
कमेन्ट गर्नुहोस्







