‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै माओवादी केन्द्रीय समिति बैठक सम्पन्न

Share:

काठमाडौँ । बुधबारबाट सुरु भएको बैठक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सम्पन्न भएको हो । अभियान तिन महिना अवधिको रहने छ भने पार्टी अध्यक्ष लगायत सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने निर्णय गरेको छ ।

बहस र छलफलबाट नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेको भन्दै समापन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र सम्मृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको बताएका छन् ।

बैठकमा खुलेर छलफल भएको भन्दै प्रचण्डले बैठकको निष्कर्ष सुनाउँदै पार्टी नयाँ अभियान सहित जनतामा जाने निष्कर्षमा पुगेको र जनतासँग जोडिन सबै वडामा पुगेर अभियान चलाउने र आफू पनि सातवटै प्रदेशमा एकएक वडामा पुग्ने घोषणा समेत गरे ।

कमेन्ट गर्नुहोस्