
काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालय थपेर १२ वटा बनाउने सम्भावना रहेको छ । बिगत केहि समयदेखि बिना विभागीय मन्त्री रहेका रामकृष्ण चित्रकारलाई जिम्मा दिने गरि नया मन्त्रालय स्थापनाको सम्भावना रहेको श्रोतले जनाएको छ ।
खबर प्राप्त भए अनुसार कांग्रेसले माग गर्दै आएको भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी मन्त्री चित्रकारलाई जिम्मेवारी दिनुपर्ने प्रस्तावलाई आफ्नो भागमा परेको सो मन्त्रालय विभाजन गर्न माओवादी केन्द्रले भने अस्वीकार गर्दै आएको थियो । अन्ततः कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गर्ने तयारीमा मुख्यमन्त्री रहेका छन ।
हाल प्रदेशमा ११ मन्त्रालयहरु रहेका छन् र भागबन्डाको किचलो समेत मिलाउन सहज हुनेगरी मन्त्रालय थप हुन लागेको श्रोतको भनाइ छ । प्रदेश सरकारले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी नयाँ मन्त्रालयका रुपमा उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी तोक्ने सम्भावना रहेको छ ।







