लुम्बिनी प्रदेशमा पनि मन्त्रालय थपिने

Share:

बुटवल । वैशाख १५ गते नेपाली कांग्रेसका डिल्ली चौधरीको नेतृत्वमा गठन भएको लुम्बिनी सरकारले पनि भागबन्डाको कारणले मन्त्रालय विभाजनको तयारी गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित हाल १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा दुई वटा मन्त्रालय थप्ने र साउन महिनाभित्रै सरकारलाई पूर्णता दिने गृहकार्य भइरहेको छ ।

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय विभाजन गरि दुइ मन्त्रालय थप गर्ने गृहकार्य भइरहेको भएपनि भागबन्डाको कारण मन्त्रालयको नाम र कुन मन्त्रालय कसलाई दिने बिषय अझै अनिर्णित रहेको छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको विपक्षमा छन् ।

कमेन्ट गर्नुहोस्