
काठमाडौं । सरकारले अमेरिका स्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोग, जेनेभा स्थित संयुक्त राष्ट्रसंघकै नियोग, कुवेत, संयुक्त अरब इमिरेट, थाइल्याण्ड र फ्रान्सको लागी सिफारिस गरेका छ जना प्रस्तावित राजदुतहरुको नाम संसदिय समितीले संसदिय सुनवाइ पश्ताच अनुमोदन गरेको छ ।
सरकारले अमेरिका स्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगको लागी लोकबहादुर थापा, जेनेभा स्थित संयुक्त राष्ट्रसंघकै नियोगका आवासिय प्र्रतिनिधीमा रामप्रसाद सुवेदी, कुवेतका लागी घनश्याम लम्साल, संयुक्त अरब इमिरेटका लागी तेजबहादुर क्षत्री, थाइल्याण्डको लागी धनबहादुर वली र फ्रान्सको लागी सुधिर भट्टराईलाइ प्रस्ताव गरेको थियो । प्रस्तावितहरु लामो समय परराष्ट्र सेवामा आवद्द भएको भनिएको छ ।
नियमानुसार सरकारले सिफारिस गरेका व्यक्तिहरुको संसदिय सुनुवाई समिती बाट अनुमोदित भएपश्चात राष्ट्रपतीबाट नियुक्त हुने नियम रहेको छ ।







