संवैधानिक परिषद्ले गर्यो विश्वरम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधिशमा सिफारिस

Share:

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले अन्ततह देशको ३१औं प्रधान न्यायाधिश सिफारिस गरेको छ । परिषद्ले रोलक्रमको पहिलो नम्बरमा रहेका न्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधिशमा सिफारिस गरेको हो ।

संवैधानिक कानुन अनुसार वर्तमान प्रधान न्यायाधिशको म्याद सकिनु एक महिना अगाडिनै सिफारिस गरिनुपर्ने वाध्यता भएपनि कानुन बनाउनेहरुबाट नै कानुनको मिचाई गरिने गरेको अर्को उदाहरण दिदैं बर्तमान प्रधान न्यायाधिश अवकाश हुने दुई दिन अगाडी मात्र प्रधान न्यायाधिश नियुक्तिको लागी सिफारिस गरिएको छ ।

नियमानुसार अव श्रेष्ठको नाम संसदिय सुनुवाई विशेष समितीमा जानेछ । समितीबाट अनुमोदन पश्चात राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुनेछ ।

कमेन्ट गर्नुहोस्