काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न पर्ने माग दोहोर्याउदै दुवै संघिय संसद् चल्न नदिने भएको छ ।
साउन १० देखि प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आएको एमालेले राष्ट्रियसभाको आज दिउँसो १ बजे बोलाइएको बैठक पनि चल्न नदिने जनाएको छ । संसद् बैठक चल्न नदिने निर्णय भएको एमालेको राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले जानकारी दिए ।
क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रियसभाको बैठक पनि चल्न नदिने उनको भनाइ छ । ‘राष्ट्रिय सभामा एमालेको तयारी बैठक चल्न नदिने हो । सुन तस्करीमा उच्चस्तरीय समिति बनाउ भनेर सरकारलाई भनेको हो,’ उनले भने, ‘उच्चस्तरीय समिति नबनुन्जेल संसद् चल्दैन । राष्ट्रिय सभा पनि चल्दैन ।’
कमेन्ट गर्नुहोस्