बिबादित अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ

Share:

काठमाडौँ । टेलिभिजन अन्तर्वार्तामा बिबादित अभिव्यक्ति दिएको भनिएकी कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले यसको पुस्टि गरेको हो ।

टेलिभिजन अन्तर्वार्ताको क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएपछि सम्बन्धित समुदायहरु आक्रोशित बनेका थिए । नेपाल मगर संघका ज्ञानेन्द्र पुन र नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङले निजको अभिव्यक्ति बिरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी दिएकोमा शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्डिरहरी परिसरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्