
काठमाडौँ । सत्तासिन नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबारदेखि राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त सम्बोधन गर्दै शुभारम्भ भएको घोषणा गरे ।
बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले माओवादी पार्टी, पार्टी जस्तो नभएको भन्दै व्यापक सुधारको जरुरी रहेको र यो बैठक फलदायी हुने विश्वास ब्यक्त गरे ।
३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना सहित जम्मा ७५८ जना सहभागी भएको बैठकमा समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा गरेका काम कारबाहीका साथै आगामी मंशिर महिनामा हुने विधान सम्मेलन लगायतका बारेमा छलफल हुने तालिका रहेको छ ।
कमेन्ट गर्नुहोस्







