
काठमाडौँ । धितोपत्र बजारमा आज सामान्य वृद्धि देखिएको छ । परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्क कायम भएको छ ।
आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिदबिक्री हुँदा एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह र निर्जीवन बीमा समूह, बैंकिङ समूह, विकास बैंक, वित्त र लगानी समूह बढेको छ । बढ़नेमा जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड पनि रहेका छन् ।
सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्ड रहेको छ । मूल्य अनुसार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको शेयर किनबेच भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा इक्विटी फन्ड पर्न सफल भएको छ ।
कमेन्ट गर्नुहोस्







