
काठमाडौँ । मङ्गलबार बसेको कार्यपालिका बैठकले डेंगु भाइरस नियन्त्रणका लागि भन्दै धरान उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरेको छ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले विद्यालयको पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको जानकारी दिदै बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगु नियन्त्रण अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ।
पालिकाले सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन समेत अनुरोध गरेको छ।
धरानमा डेंगुबाट सक्रिय संक्रमित को संख्या करिब दुइ हजार पाँच सय रहेका छन् भने आठजनाको मृत्यु भइसकेको छ। संक्रमण वृद्धि हुदा निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा बिरामीले शय्या पाउन कठिन हुदै गएको छ।
कमेन्ट गर्नुहोस्







