
काठमाडौँ । अदालतको आदेशले हटेका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेश प्रमुखले मुख्यमन्त्री लाई सपथ ग्रहण गराउने नियम अनुसार कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्य मन्त्री थापालाई शपथ ग्रहण गराउने कार्यक्रम छ।
कोशी प्रदेश प्रमुखको कार्यालयका अनुसार सपथ ग्रहण आज बिहान को लागि तय भएको जानकारी दिएको छ । मुख्यमन्त्रीले आजै सानो आकारको मन्त्रपरिषद् गठन गरी नवनियुक्त मन्त्रीहरूलाई पनि शपथ गराउने तयारी छ।
हिजो मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीहरुसंग आफ्नो भनाइ राख्ने क्रममा थापाले यसअघिकै क्याविनेटका मन्त्री दोहोरिने सम्भावना ब्यक्त गरेका थिए।
श्रोतका अनुसार भने राजिनामा दिएका प्रदेश सभाका सभामुख गौतम भने मन्त्री बन्ने सम्भावना रहेको थाहा भएको छ ।
कमेन्ट गर्नुहोस्







