
काठमाडौं । नेपाली कांग्रेस जस्तै गरि केन्द्रीय समिति बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गर्ने निर्णय बाट माओवादी पछि हटेको छ ।
बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
केन्द्रीय समितिको एजेन्डा लगायत विषयमा बैठक जारी रहेको उनले बताए । केन्द्रीय समिति बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।
केन्द्रीय समितिमा सुरूमै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाही, पार्टीको स्थिति र अब के गर्ने भन्नेजस्ता विषयमा प्रतिवेदन पेश गर्ने कार्ययोजना रहेको छ ।
कमेन्ट गर्नुहोस्







