आयल निगमले गर्यो पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोल र डिजेलको मूल्य बढ्दा एलपी ग्यासकाे घट्यो

Share:

काठमाडौं । नेपालमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । भारतबाट बढेर आएसँगै नेपाल आयल निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ७/७ रुपैयाँले मूल्य बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने घटेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ३० रुपैयाँले घटेको हो । अब एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ ।
कमेन्ट गर्नुहोस्