काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।
२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भए ।
समितिका उपसचिव सविता शर्माको अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ । ‘१४ जना सांसद उपस्थित हुँदा बैठक बस्न सक्थ्यो । आज १३ जना मात्र उपस्थित हुँदा बैठक स्थगित हुन पुग्यो ।’
संसदका समिति उपसमितिहरुमा सांसदहरुनै अनुपस्थित हुने गरेकोले कयौ बैठकहरु बस्न नसकेको गुनासो धेरै अघि देखीनै सुनिने गरेकोमा जनता भने संसदका अनुत्तरदायी र जवाफदेहिता हीन कदम भन्दै गुनासो गर्न थालेका छन् ।
कमेन्ट गर्नुहोस्