
भारतको पुर्बी राज्य मणिपुरमा महिला माथि भएको जर्जरतापूर्ण जघन्य अपराधको निष्पक्ष छानबिन गर्ने भएको छ । भारतको सर्बोच्च अदालतमा परेको मुद्दामा जवाफ पेश गर्ने क्रममा गृह मन्त्री अमित शाहले सो कुरा बताएका हुन् ।
चालिस हजार जनता बिस्थापित हुने गरि कूकी र मैतेई समुदाय बीच भड्केको हिंसाको दौरान १४७ जनाले ज्यान गुमाइसकेका छन् भने महिलाहरुलाई निर्वस्त्र बजार गुमाईएको तथा कयौ लाई घरमा बन्द गरेर जिउदै जलाइएको भनिएको छ ।
घटेको दशौ घटनामध्ये सात घटना भारतको केन्द्रीय जाच ब्युरो (सिबिआइ) र तिन घटना राष्ट्रिय अनुसन्धान एजेंसी (एनआइए) लाई अनुसन्धान गर्न भारतको गृह मन्त्रालयले जिम्मा दिएको छ ।
बिगत केहि समय देखि मणिपुरमा पटक पटक भड्किएको हिंसा देखाउदै बिपक्षीदलहरुले मोदी सरकार बिरुद्ध अदालतमा मुद्दा दर्ता तथा संसदमा अविस्वासको प्रस्ताव समेत दर्ता गराएका छन् ।