इलेक्ट्रोनिक सामान भनेर सुन पठाएकोमा प्रश्न गर्दै भन्सार बिभाग ले पठायो हङकङ भन्सारलाई पत्र

Share:

काठमाडौं । मोटरसाइकलमा प्रयोग हुने ब्रेक सु भन्दै भन्सार प्रक्रिया पूर्ण गरि पैठारी भएको एक क्विन्टलभन्दा बढी सुनका विषयमा भन्सार विभागले हङकङ भन्सारलाई पत्र पठाउँदै इलेक्ट्रोनिक सामान भन्दै हङकङबाट सुन निर्यात गर्न कसरी दिइएको भन्ने प्रश्न गर्दै पत्र पठाएको छ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल ले भन्नुभयो ‘इलेक्ट्रोनिक सामान भनेर सुन किन पठाइएको हो भनेर हामीले मंगलबार पत्र पठाएका छौ,’ वहाका अनुसार ‘नेपालमा सुन प्रतिबन्धित छ भन्ने उनीहरुलाई थाहा हुँदा पनि अवैध तरिकाले कसरी आयो भन्नेबारे हामीले स्पष्ट पार्न भनेका थियौ ।’

उता हङकङ भन्सारले भने ब्रेक सु आयातकर्ता रेडी ट्रेडर्सले नेपालको भन्सारमा पेस गरेको एयर बिल लगायतको कागजपत्रहरु माग गरि जवाफी पत्र पठाएको थियो भने जवाफी पत्रका साथ मागिएको कागजपत्रहरु बिभाग ले पठाएको छ।

कमेन्ट गर्नुहोस्