सुन प्रकरणबारे धारणा बनाउन एमाले संसदीय दलको बैठक बस्दै

Share:

काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बिहान संसदीय दलको बैठक बोलाएको छ।  केही दिन अघि त्रिभुवन विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको थाहा भएको छ ।

सो सम्बन्धि जिज्ञासा राख्दा एमाले संसदीय दलका सचेतक गिरीले सुन तस्करीमा भन्सार विभागका कर्मचारीकै संलग्नता रहेको र समान्य कर्मचारीले मात्र नभई सम्बन्धित सरोकारवाला मन्त्रीहरुले पनि जिम्मेवारी लिनु पर्ने बताउदै सरकार कसरी प्रस्तुत हुन्छ त्यसकै आधारमा बाँकी टुंगो लाग्ने बताउनुभयो ।

प्रतिनिधि सभाको बैठक आज १ बजे बस्ने भएको छ।

कमेन्ट गर्नुहोस्