सट्टेबाजी आरोपमा कलाकार विरुद्ध मुद्दा दर्ता, ६५ करोड बिगो दाबी

Share:

२५ असार, काठमाडौं । वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अनिता धिताल, जलन घर्तीमगर, दिनेश खड्का, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरे विरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरी श्रोतका अनुसार यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको जिल्ला सरकारी वकिल कार्यालयले उनीहरु विरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको स्रोतले जनाएको छ । उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ । एकीकृत कसुरबापत थप सजाय पनि माग गरेको कार्यालयले विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको छ ।

कमेन्ट गर्नुहोस्