
काठमाडौँ | इंडियाको पहाडी राज्य हिमाचाल प्रदेशमा बिगत ५० वर्ष यताकै भारि बर्सातले जनजीबन प्रभावित बनेको छ | इंडियन मौसम बिभागले आइतबार मौसम सम्बन्धि जानकारी गराउदै हिमाचल प्रदेशको लागि अत्यधिक सतर्कता अपनाउन ४८ घन्टे रेड अलर्ट जारी गरेको थियो |
बर्सातले मुख्य राजमार्गका साथै कयौ पुल तथा संरचनाहरुमा क्षति पुर्याएको छ भने बिद्युत प्रसारण तथा संचार अवरुद्ध भएको छ | इलासपुर, सोलन, शिमला, सिरमौर, उना, हमिरपुर, मन्दी लगायतका स्थान बाढी तथा पहिरोको चपेटामा परेको छ | यसै क्रममा ‘पंचवक्त्र’ नामक ऐतिहासिक पुल समेत बाढीले बगाएको छ |
प्रदेशका मुख्यमन्त्री सुखबिंदर सिंहले जनतालाई घर भित्रै बस्न सार्वजनिक अपिल गरेका छन् |
कमेन्ट गर्नुहोस्







