सुदूरपश्चिम प्रदेशमा आज बजेट प्रस्तुत हुँदै

Share:

धनगढी, असार १ गते । असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ लागि आज बजेट प्रस्तुत गर्दै छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यस वर्ष सङ्घीय सरकारबाट पाउने अनुदान घटेको र राजस्व सङ्कलन समेत कम भएकाले प्रदेश सरकारको बजेटको आकार लगभग ६ अर्बको हाराहारीमा घट्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको लागि ३० देखि ३२ अर्बको हाराहारीमा बजेट आउन सक्ने सम्भावना रहेको बताइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो ।

कमेन्ट गर्नुहोस्