काभ्रेको साँगामा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

Share:
बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन् । अरनिको राजमार्गअन्तर्गत रहेको सूर्यविनायक देखि धुलिखेल सम्मको सडक विस्तारको निम्ति डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ, शिला फेला लगायतका मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन् ।
पुरातात्विक वस्तु भेटिएपछि तत्कालै पुरातत्व विभागले डोजर लगाउने कार्य रोक्न लगाइ विभागको भक्तपुरका प्रमुख यमुना महर्जन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेपछि ती संरचना मध्यकालीन समयको रहेको पुष्टि भएको हो । विभागले गत जेठ २८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई बनेपा नगरपालिका–१४ भैँसीपाटीमा डोजर लगाउने कार्य रोक्न पत्राचार गरेको हो ।
महर्जनले उक्त क्षेत्र पुरानो ‘पदमार्ग’ भएकाले नेवारी भाषामा सो स्थानको नाउँ नै ‘फल्चाहिटी’ रहेको जानकारी दिइन्। पदमार्गमा पानीको स्रोत भएको ठाउँमा पाटी हुने भएकाले सो स्थानमा पुरानो पाटी, ढुङ्गेधारा र कुँवासमेत भेटिएका छन् । यी सम्पदालाई जोगाउन हाल उक्त क्षेत्रमा सडक विस्तारको काम रोकिएको छ । यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचारसमेत गरेको छ ।
उता सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाका प्रमुख राजेन्द्रमान दासले उक्त स्थानमा सडक निर्माणार्थ कसरी डिजाइन गर्ने भन्नेबारे सर्वपक्षीय सहमति बनाइ आयोजना निर्नेमाण गर्ने बताएका छन् ।
कमेन्ट गर्नुहोस्